जितपुर सिमरा उपमहानगरपालिकाको बैठकमा कुर्सी हानाहान

जितपुर सिमरा उपमहानगरपालिकाको बैठकमा कुर्सी हानाहान

बारा, ८ असार । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा कुर्सी हानाहान भएको छ । आर्थिक बर्ष २०७५/०७६ को आम्दानी र खर्च पारदर्सी नगरेको ,आर्थिक बर्ष २०७६/०७७ कोलागि आएको बजेट १ खर्ब २८ करोड ८५ लाख ६६ हजारको बाड्फाड गोप्य राखेको ,नगरस्तरीय बजेट थुपारेर कार्यकर्ता पाल्ने खेलमा लागेको लगायतको आरोप लगाउँदै दलहरुले ७ जना वडा अध्यक्षहरुले कुर्सी हानाहान गरेका हुन् ।

उनीहरुले कार्यपालिका बैठकमै नाराबाजी गर्दै मेयरलाई कालो झण्डा देखाएका थिए । केही बेर उनीहरु हातमा कालो कपडा बाँधी मुल गेटमा प्रदर्शनमा उत्रिए । वडा नं.७ का वडा अध्यक्ष रामबाबु गुप्ताले कार्यपालिका बैठकमा भएको निर्णयको माईन्युटमा आफनो असहमती जनाउन पाउने की नपाउँने भनी प्रश्न गर्नुभयो । कार्यपालिका बैठकको माईन्युटमा नोट अफ डिसेन्ट लेख्ने अधिकार भएपनि पनि मेयरले बहुमतको दम्भमा लेख्न नदिएको उहाँको भनाइ छ ।

त्यस्तै वडा नं.१० का वडा अध्यक्ष सरोज पटेलले मेयर ,उपमेयर सबै नगरस्तरीय बजेट आफना पाटीका वडा अध्यक्ष जितेको ठाउँमा मात्र खर्च गर्ने तर अरु पाटीले जितेका वडामा सड्यन्त्रपुर्बक फ्रिज गराउने खेलमा लागेको आरोप लगाउनुभयो । आर्थिक बर्ष २०७६÷०७७ कोलागि न्युत्तम वडामा ६० लाख र बाँकी जनसङख्या र क्षेत्रफलको हिसाबले बजेट बाढ्ने गरेको निर्णयको काँग्रेस र राजपाका वडा अध्यक्षहरुले बिरोध गरेका हुन् ।