

एजेन्सी । श्रीलङ्कामा सङ्कटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ । श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हिजो सङ्कटकालीन अवस्थाको समयावधि थप लम्ब्याएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
राष्ट्रपति मैत्रीपाला सिरिसेनाले एक निर्देशिका जारी गर्दै सङ्कटकालीन अवस्थाको समयावधि थप लम्ब्याइएको जानकारी दिनुभएको हो । उहाँले नागरिकको सुरक्षाको अवस्थालाई मध्यनजरगरी यो अवधि तेस्रो पटक लम्ब्याइएको पनि स्पष्ट पार्नुभएको छ । गत अप्रिलमा भएका आतङ्ककारी हमलामा परी २ सय ५८ जनाको मृत्यु भएको थियो । त्यस हमलापछि श्रीलंकामा त्रास छाएको थियो ।