काठमाडौं, ८ असार । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिक साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
ती कम्पनीबाट नक्कली बिल खरिद गर्ने झण्डै एक हजार कम्पनीको हिसावकिताव जोड्दा कूल कर छली १५ अर्ब रुपैयाँ पुग्छ । ०६७ सालको नक्क्ली भ्याट बिल प्रकरणमा झण्डै साढे ६ अर्ब कर छली भएको थियो । यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं ।