–राज भण्डारी –
जुन २२ युएई । गुल्मी सेवा समाज युएईको चौथो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम हिजो २१ जुनको दिन डेरा फलोरा कृक होटल मा एक कार्यक्रमबीच समापन भएको छ । कार्यक्रममा अधिबेशनसंगै सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । नेपालबाट आउनु भएका कलाकार सुरेस रानाको बेजोड प्रस्तुतीको साथमा युएईमा रहनु भएका कलाकार होमनाथ कुँवर, सरोज थापा, कृष्ण सुनारको प्रस्तुती रहेको थियो । कार्यक्रममा पुर्ब उपाध्यक्ष मीनप्रसाद भण्डारीले भन्नुभयो ‘यो अहिलेको निर्बाचित समुह सबैले रोजेको र खोजेको जस्तो छ, युवापुस्ताले यसलाई राम्रोसंग चलाउने र समाजलाई अब अघि बढाउनेमा आफुले महसुस गरेको बताउनु भयो ।
को हुन् त अध्यक्षमा बिजयी भएका रुद्र थापा
कुनै बेला गुल्मी सेवा समाज युएईको थापाको लागि नेपालबाट कलाकारको रुपमा उनी गुल्मीबाट युएई आएका थिए । उनी चर्चित कलाकार तथा मोडल हुन् गुल्मीबाट उनी कार्यक्रमको लागि युएई आएपछी उनी यतै सेटल भए बिस्तारै उनी समाजमा आबद्द भै महासचिवकोरुपमा काम गरे सरल बोली मीठो बोली सबैलाई सम्मान गर्ने उनकाे स्वभाव रहेको छ । त्यसैले पनि अहिले संस्थामा सबैको माग नै अध्यक्षमा रुद्र थापालाई देख्नु थियो ।
गुल्मी सेवा समाज युएईको चौथो अधिबेशन पछि नब निर्बाचित कार्यसमिति
अध्यक्ष:- रुद्र थापा
उपाध्यक्ष:- सिता केसी
उपाध्यक्ष:- राम प्रसाद श्रेष्ठ
उपाध्यक्ष:- नोखा बस्नेत
महासचिव:- मेघराज कंडेल
सचिव:- सरस्वती पौड्यल
सचिव:- सिता रजाईली
सचिव: हुमराज बिक
कोषाध्यक्:- नेत्र प्रसाद भूषाल
सह कोषाध्यक्ष:- खाली
प्रवक्ता:- किसोर केसी
सदस्यहरु
१) बाबुराम सुनार
२) लेखनाथ विष्वकर्मा
३) प्रेम जिसी
४) ओम प्रसाद भण्डारी
५) जगदीश कंडेल
६) मधु काफ्ले
७) अर्जुन अर्याल
८) केशव भण्डारी
९) जुना बोहोरा
१०) होमनाथ कुँवर
११) लक्ष्मण जिसी
१२) घनश्याम भण्डारी
१३) शेरबहादुर थापा
१४) जीवलाल पाण्डे
१५) जीवन सिंह ठकुरी
१६) निर्मला मगर