भारत प्रवेश गर्न चार देशबाट नेपाली नै भएपनि भिसा चाहिने (हेर्नुहोस्)

भारत प्रवेश गर्न चार देशबाट नेपाली नै भएपनि भिसा चाहिने (हेर्नुहोस्)

काठमाडौं, ६ असार । नेपाली नागरिक नै भएपनि चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्न भिसा चाहिने भएको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासकाअनुसार चार देशबाट भारत प्रवेश गर्ने नेपाली नागरिकका लागि भारतको भिसा आवश्यक पर्ने जानकारी प्राप्त भएको छ ।

यस्तै भारतीय अध्यागमन पार गरी साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमन, बहराइन, इराक लिबिया र लेबनान यात्रा गर्ने नेपाली नागरिकलाई भारतीय अध्यागमन पार गर्दा नेपाली दूतावासको सिफारिस पत्र आवश्यक पर्ने भएको छ ।