आज विश्व सङ्गीत दिवस, नेपालमा पनि मनाइदै

आज विश्व सङ्गीत दिवस, नेपालमा पनि मनाइदै

काठमाडौं, ६ असार । जुन २१ अर्थात् आज विश्व सङ्गीत दिवस । विश्वभर यो दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाईँदैछ । एक अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको हो ।

पहिलोपटक सन् १९८१ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाईदै आइएको छ । नेपालमा विसं २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो । सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक, गायीका, लेखक, रचनाकार, सङ्गीतकार तथा सङ्गीतप्रेमीहरूको सहभागितामा सङ्गीत दिवस मनाउने गरिन्छ ।

सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक सङ्घले काठमाडौँमा प्रत्येक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ । यस अवसरमा कला र सङ्गीत सम्बन्धी विचारशाला गोष्ठी, छलफल र सङ्गीत श्रष्टाहरूलाई सम्मानसमेत गरिने गरिन्छ ।