आज विश्व योग दिवस, विविध कार्यक्रम गरी मनाइँदै

आज विश्व योग दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ६ असार । आज विश्व योग दिवस, विभिन्न कार्यक्रम गरी मनाईँदैछ । विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाईन्छ । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिने योग गुरुले बताएका छन् । चित्त वृत्तिको निरोध नै योग हो भनेर पतञ्जलिले भनेका छन् । योगले चित्त र वृत्तिलाई ठिक बाटोमा डोर्याउने योग गुरुहरु बताउँछन् ।

विश्व योग दिवस अन्तर्राष्ट्रिय योग दिवसका नामले पनि चिनिन्छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइन थालिएको हो ।

अव्यावहारिक जीवनशैलीमा परिवर्तन गराउँदै खानपान, तनावबाट मुक्त गराई योगले मानिसमा असल जीवनयापन गर्ने प्रक्रियाको विकास गर्ने विशेषज्ञहरू बताउँछन् । स्वास्थ्य मानसिकता र स्वास्थ्य शरीरको लागि पनि योग अभ्यास धेरै महत्वपूर्ण छ । उच्चरक्त चाप, मानसिक थकान मेटाउन, मनको शान्तिको लागि पनि योग अभ्यास प्रभावकारी हुने योगविज्ञहरु बताउँछन् ।