सिलिण्डर विष्फोट पड्किएर जनकपुरका ३ वटा होटलमा आगलागी

सिलिण्डर विष्फोट पड्किएर जनकपुरका ३ वटा होटलमा आगलागी

जनकपुरधाम, ५ असार । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २, कदम चोकमा जनकपुरधाममा सिलिन्डर ग्यास पड्किएर आगलागी हुँदा तिनवटा होटलमा पुर्ण रुपमा क्षति पुगेको छ ।

आज बिहान होटलमा जडान गरिएको फ्रिजमा विद्युत सर्ट भइ आगलागी सुरु हुँदा सोही होटलमा राखिएको नौँ वटा ग्यास सिलिन्डर पड्किएसँगै तीनवटा होटलमा आगलागी भएको थियो ।
ग्यास विस्फोट भएपछि आगलागीले ठूलो रुप लिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिनुभयो ।

समयमै घटना स्थलमा प्रहरी पुगेकोले मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले बताएको छ । तीन होटल जल्दा ३२ लाख बरावरको क्षति भएको अनुमान गरिएको प्रहरी उपरिक्षक खनालले जानकारी दिनुभयो । विहान ३ बजे लागेको आगो दमकलको सहायताले केहि घण्टा पछि निभाउन सफल भएको प्रहरीले जनाएको छ ।