हुम्ला, ४ असार । हिजो दिउँसो कर्णाली नदिमा खसेको जिप अझै बेपत्ता छ । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडुबिसौनाको कर्णाली नदीमा हिजो मध्यान्ह १२ बजे खसेको लु १ ज ७१६६ नम्बरको जीपको खोजि कार्य जारी भएपनि फेला नपरेको प्रहरीले जनाएको छ ।
हिजो दिउँसो १ बजे देखि खोजि कार्य जारी राखिएको भएपनि जिप र सवार यात्रुको कुनै पत्तो नलागेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घटनास्थलमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानीयको उद्धार टोलीले बेपत्ता गाडीको बारेमा कुनै जानकारी पत्ता नलागान नसकेपछि थप खोजविन र उद्धारका लागि गृह मन्त्रालयको पहलमा अहिले बिहान गोताखोर सहित तालिम प्राप्त उद्धार टोली हुम्ला पुग्ने सहायक प्रमूख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिनुभयो । भर्खरका गाडी सिकारुले जीप चलाएका कारण यांचुमा जीप दुर्घटना भएको प्रारम्भिक तत्थ्य फेला परेको छ ।
जीप कर्णाली नदीमा खसेर बेपत्ता भएपछि खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही बेपत्ता हुनु भएको छ । त्यसै गरी बेपत्ता हुने अन्यमा गाडी चालक सिमकोट आठ निवासी मणी शाही, खार्पुनाथ ४ निवासी चन्द्र हमाल, नैन सिंह भण्डारी पाँचकी वसन्ती शाही, १३ वर्षका गोकुल सुनार, नन्ददेवी सिंह खार्पुनाथ एक पिउसकी कौर दमाई र उनको नाम नखुलेको दुई वर्षको छोरा र काठमाडौ थानकोट निवासी वेल्डिङ मास्टर राजु श्रेष्ठ रहनुभएको थियो ।