विश्वकप एसिया फाइनलका लागि २५ खेलाडी बन्द प्रशिक्षण

विश्वकप एसिया फाइनलका लागि २५ खेलाडी बन्द प्रशिक्षण

एजेन्सी । सिंगापुरमा आयोजना हुने आईसीसी टी, ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपालले प्रारम्भिक चरणमा २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले मंगलबार प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो ।

नन्दन कुमार यादब पहिलो पटक बन्द प्रशिक्षणमा परेका छन् । सन् २०२० मा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनलका लागि नेपाली टोलीको बन्द प्रशिक्षण पर्सिबाट सुरु हुनेछ । बन्द प्रशिक्षणपछि नेपाली टोलीको घोषणा हुनेछ । छनोट आगामी जुलाई २२ देखि २८ सम्म आयोजना हुनेछ । एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसंग खेल्नेछ ।

नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । बन्द प्रशिक्षणमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, बसन्त रेग्मी, अमित श्रेष्ठ, भिम सार्की, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, करण केसी, कुशल भुर्तेल लगायत छन् ।