

काठमाडौं, ३ असार । असार अर्थात् पानी पर्ने महिना तर चर्काे गर्मीले पानी कहिले पर्ला र शितल महशुस हाेला भन्ने अवस्था रहेकाे छ। केहीदिनयता बढीरहेको गर्मी हिजाेदेखि भने केही मात्रामा कम भएकाे छ । नेपालमा मनसुन आउन अझै केही दिन कुर्नुपर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बङ्गालको खाडीमा विकास भएको मनसुनी बादल यतिखेर भारतको सिक्किम आइपुगेकाले अझै मनसुन आउन केही दिन लाग्ने भएको हो ।
अहिले बादल बन्ने प्रक्रिया सुरु भएको र बेलुका पानी पर्ने सम्भावना भएकाले आज पनि तापक्रम केही घट्ने सम्भावना रहेको महाशाखाले जनाएकाे छ । पश्चिमी वायु फेरि नेपाल प्रवेश गरेकाले नेपालका विभिन्न भेगमा हुने र यसले बढेको गर्ममा केही घटाउने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा अझै पश्चिमी वायुको नै प्रभाव छ । मनसुनअघिको अहिलेको वर्षा भने पश्चिमी वायुबाट भइरहेको छ । विभागले जारी गरेको मौसमी जानकारी अनुसार सोमबार देशका पूर्वी भूभाग, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भयो । अबको ३ दिन देशभरको मौसम बद्ली हुने र बेलुकातिर पानी पर्ने सम्भावना रहेको बताइएकाे छ ।