एजेन्सी, ३ असार । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । इंग्ल्याण्डको म्यान्चेस्टरमा हुने एक मात्र खेलमा उपाधि दाबेदार इंग्ल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ ः १५ मा सुरु हुनेछ । ओल्ड ट्राफोर्डमा इंग्ल्याण्ड अफगानिस्तानलाई पराजित गर्दै चौंथो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ भने चौंथो स्थानमा रहेको इंग्ल्याण्ड अफगानिस्तानलाई हराउँदै शीर्ष स्थानको अष्ट्रेलियासंग अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ ।