सरकारी कर्मचारीले छोराछोरीलाई सरकारी स्कूलमै पढाउनुपर्ने

सरकारी कर्मचारीले छोराछोरीलाई सरकारी स्कूलमै पढाउनुपर्ने

काठमाडौं, ३ असार । सरकारी कर्मचारीले छोराछोरीलाई सरकारी स्कूलमै पढाउनुपर्ने व्यवस्था सरकारले ल्याउदैछ । पछिल्लाे समय सरकारले सार्वजनिक कोषबाट तलबभत्ता खाने राष्ट्रसेवकले आफ्ना छोराछोरीलाई सरकारी स्कूलमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । अहिले भने अधिकांश कर्मचारीका छोराछोरी महंगा निजी स्कूलहरुमा पढिरहेका छन् ।

शिक्षा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा लैजाने तयारीमा रहेको शिक्षा मन्त्रालयले जनाएको छ । उच्चस्तरीय शिक्षा आयोगले पनि राष्ट्रसेवक कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने सुझाव सरकारलाई दिएको थियो ।

सरकारले ल्याएको विधेयक पारित भए झण्डै २८ हजार सामुदायिक विद्यालयको शिक्षा सुधार हुने मन्त्रालयको दावी छ । सरकारी ढुकुटीबाट तलब खाने कर्मचारीको संख्या अहिले करिब ५ लाखको हाराहारीमा छ ।