

काठमाडौं, २ असार । एक सातायता बढेको तापक्रम आजदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गर्मी बढेसँगै देशभरीको जनजीवन प्रभावित भएको छ । गर्मिकै कारण तराई क्षेत्रका अधिकांस विद्यालयहरु बन्द भएका छन् भने सर्पदंशको समस्या समेत बढेको छ । तराई क्षेत्रमा ४० डिग्रिभन्दा माथिको तापक्रम हुँदा त्यहाँका स्थानीयलाई समस्या भएको छ ।
तराईका अधिकांस ठाउँमा गर्मिकै कारण इनार,पानीको मुहान सुकेका छन् भने खानेपानीको समस्या पनि बढ्दै गएको छ । गर्मि बढेसँगै पहाडी जिल्लाहरुमा पनि पानीको समस्या बढ्दै गएको छ । जसले गर्दा स्थानीयहरुको जनजीवन प्रभावित भएको छ ।
आज देशभरको मौसम बदली हुने र पुर्वी र पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ । पानी परेसँगै आज दिउँसोको तापक्रम केही घट्ने सम्भावना रहेको मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय नभएको कारणले गर्मि बढेको भएपनि दुई तिन दिनमा तापक्रम घट्ने सम्भावना रहेको बताइएकाे छ । बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव सुदूरपश्चिम क्षेत्रमा नपरे पनि पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना भने रहेको छ ।