एजेन्सी, २ असार । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । इंग्ल्याण्डको टाउनटनमा हुने एक मात्र खेलमा उपाधी दाबेदार वेष्ट इण्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा सुरु हुनेछ । कोपर एसोसियट्स काउन्टी मैदानमा दुवै टिम जित निकाल्दै शीर्ष चारमा कायम हुन प्रयास गर्नेछन् । वेष्ट इण्डिजले ४ खेलबाट ३ अंक जोडेको छ । वेष्ट इण्डिजले २ खेलमा हार व्यहोर्दा एक जित निकालेको छ । वर्षाको कारण वेष्ट इण्डिजले एक खेलमा अंक बाँडेको थियो ।
बंगलादेशले पनि ४ खेलबाट ३ अंक जोडेको छ । बंगलादेश पनि वेष्ट इण्डिजलाई हराउँदै आफुलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गर्न चाहन्छ । बंगलादेशले ४ खेलमा २ खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेका छन् ।