घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं, १ असार । पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको जनाएको छ ।

जसअनुसार काठमाडौंको विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेल ९६ रुपैया ५० पैसा प्रतिलिटरमा पुगेको छ । हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमलृ जनाएको छ ।