विश्वकप क्रिकेटः भारत र पाकिस्तान भिड्दै

विश्वकप क्रिकेटः  भारत र पाकिस्तान भिड्दै

एजेन्सी, १ असार । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । म्यानचेस्टरमा हुने आजको खेल दिउँसो सवा ३ बजेबाट सुरु हुने छ ।

भारत र पाकिस्तानबीचको खेल सँधै चर्चाको विषय बन्ने गर्दछ । विश्वकप क्रिकेटको इतिहास हेर्ने हो भने भारत र पाकिस्तान सातौ पटक एक आपसमा भिड्न लागेका छन् । यसअघिको ६ खेलमा पाकिस्तान भारतसँग पराजित भएको छ । भारत र पाकिस्तानबीच अन्य मुद्दामापनि बेला बेलामा विवाद हुने कारणले गर्दा यी दुई देशबीचको खेल निकै महत्वपूर्ण र चर्चित बन्ने गरेको छ ।