सिन्धुपाल्चाेक । भोटेचौर सामुदायिक सिकाई केन्द्र को आयोजनामा मेलम्ची नगरपालिका २ को सहयोगमा विपद् ब्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धि २ दिवसिय कार्यशाला सम्पन्न भयाे । कार्यक्रममा ९० जनालाई भुकम्प,प्राकृतिक,वनविनास,ओजन वातावरणीय समस्या नियुनीकरण कार्यक्रमा शिक्षा विकास तथा समन्वय सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदी समापन गर्नु भएको थियो।
उक्त कार्यक्रममा उहाँले भन्नुभयो वातावरण संरक्षण गर्नु हामी सवैको प्रमुख काम हाे । ४८ वटा सिकाई केन्द्र मध्ये भोटेचौर पनि एक रहेको बताउनुभयो ।आफुले सिकेको कुरा लाई गाउँ समाजमा गएर सबैलाई बुझाउनु पर्ने बताउनुभयो,शिक्षा विकासले गर्नुपर्ने कामलाई सहयोग गर्ने बताउनुभयो ।
मेलम्ची नगरपालिका २ का वडा सदस्यहरु मिनप्रसाद खतिवडा, नगेन्द्र खतिवडा,गोमा दुलाल , लक्ष्मी दर्जी शिक्षक गोविन्द चौलागाई,बलराम चौलागाई,राजनीतिक दलका प्रतिनिधि निलकण्ठ खतिवडा,शंकर खतिवडा,विष्णु ढुंगाना,अनिल सापकोटा, पत्रकार रामचन्द्र दुलाल सिकाई केन्द्र भोटेचौरका अध्यक्ष कुमार चौलागाई,दल बहादुर तामाङ्ग,हर्क बहादुर तामाङ्ग प्राविधिक धनिराम चौधरी लगायतले सिकाई केन्द्रले समाजमा आईपर्ने समस्यालाई कसरी न्युनिकरण गर्ने सकिन्छ भन्ने विषयमा समस्या र त्यसको समाधान बारेमा केहि नकेही राहत मिलेको बताउनुभयो । मेलम्ची नगरपालिका २ का अध्यक्ष सन्तबहादुर तामाङ्गको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो ।