संसद बैठकः मन्त्रालयगतरुपमा बजेट शीर्षकमाथीको छलफल जारी

संसद बैठकः मन्त्रालयगतरुपमा बजेट शीर्षकमाथीको छलफल जारी

काठमाडौं, ३० जेठ । संघिय संसदको बैठक आज पनि बजेट छलफलमै जारी छ । संसदमा अहिले मन्त्रालयगतरुपमा बजेट शीर्षककोबारेमा छलफल भइरहेको छ ।

अधिकांश सांसदहरुले मन्त्रालयगतरुपमा बजेट छलफलमा भाग लिइरहदा अहिलेको समसामयीक विषयहरु र विवादित विधेयकहरुमा पनि आफ्ना भनाईहरु राखिरहेका छन् । नेपाल मिडिया काउन्सिल विधेयक, लोकसेवा आयोगको विज्ञापन र गुठीका विषयमा पनि भनाईहरु आइरहेका छन् ।

स्थानीय तहका लागि लोकसेवा आयोगले आह्वान गरेको नौ हजार एक सय ६१ कर्मचारीको विज्ञापन खारेज र त्यसलाई कायम राख्नुपर्ने विषयमा सत्तापक्षका सांसदबीचमा नै मतभेद देखिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन फिर्ता लिन निर्देशन दिएपछि सहि र गलतको पक्षमा बहस हुँदै आएको छ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई सोमबार निर्देशन दिएको थियो ।