सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायाे ‘बचत पनि बीमा पनि’ योजना

सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायाे ‘बचत पनि बीमा पनि’ योजना

काठमाडाैं, २९ जेठ । बैंकहरुले विभिन्न अफरहरु ल्याइरहेका बेला सांग्रिला डेभलपमेन्ट बैंकले ‘बचत पनि बीमा पनि’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा बचत खाता छन् ।

बैंकले ती खाता खोल्ने ग्राहकको १६ लाख रुपैयाँसम्मको बीमा हुने जानकारी दिएको छ । जसमा खाताको प्रकृति हेरी दुर्घटना बीमा, औषधि उपचार बीमा तथा घातक रोगको उपचार बीमासम्बन्धी सुविधाहरू समावेश छन् ।

यो खाता खोल्दा ग्राहकले मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सक्नेछन् । न्यूनतम मौज्दात ५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ तथा २५ हजार रुपैयाँ रहेको छ । यो खाता खोल्नेले लकर सुविधामा विशेष छूट, निःशुल्क एबीबीएस तथा एटीएम भिसा कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा १ वर्षसम्म निःशुल्क सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले अहिल सञ्चालित ८५ वटै शाखाबाट नयाँ बचत खाता योजना पनि सुरु गरेकाे जानकारी दिएको छ ।