प्रधानमन्त्री ओलीद्वारा जेनेभामा उच्चस्तरीय भेटघाट

प्रधानमन्त्री ओलीद्वारा जेनेभामा उच्चस्तरीय भेटघाट

-नरेश फुँयाल/रेडियो नेपाल –


जनेभा, २७ जेठ । युरोप भ्रमणका क्रममा स्विजरल्याण्डको जेनेभामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यँहास्थित राष्ट्रसंघीय भवनमा टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग द्धिपक्षीय भेटवार्ता गर्नुभएको छ ।

उहाँहरूबीच दुईदेश बीचको आपसी सम्बन्ध र हितकाबारेमा छलफल भएको थियो । यसैगरी, प्रधानमन्त्री ओली र स्वीस महासँघका काउन्सिलरसमेत रहनुभएका वर्तमान गृहमन्त्री आलेँ बेरसेबीच पनि भेटवार्ता भएको छ ।

दुबै भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागी पनि सहभागी हुनुहुन्थ्यो ।

यसैबीच, प्रधानमन्त्री ओली र उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलका सदस्यहरू अन्तर्राष्ट्रिय श्रम संगठनका महासचिवले संगठनको शतवार्षिकी समारोहमा सहभागी हुन जेनेभा पुगनुभएका राष्ट्र तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गर्नुभएको दिवा भोजमा सहभागी हुनुभएको छ ।