ललितपुरको लुभुमा अत्याधुनिक ब्युटीहब

ललितपुरको लुभुमा अत्याधुनिक ब्युटीहब

ललितपुर । सौन्दर्यकोलागि अत्याधुनिक प्रविधियुक्त ब्युटीहब सञ्चालनमा आएको छ, त्यो पनि महिला पुरुष दुवैकोलागि एकैस्थानमा सेवा दिइने । ललितपुरको लुभुमा रहेको ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्था लि.ले ललित युनिसेक्स ब्युटीहब सञ्चालनमा ल्याएको हो ।

टिसियनहरुले सौन्दर्यको क्षेत्रलाई सहज, सवल र उत्कृष्ट सेवा दिने उद्देश्यकासाथ सञ्चालनमा ल्याएको ललित युनिसेक्स ब्युटीहब अहिले निकै चर्चामा छ । महिलाहरुको सौन्दर्य सीपलाई सहि सदुपयोग गर्न ललित युनिसेक्स ब्युटीहबले महत्वपूर्ण भुमिका खेल्ने विश्वास स्थानीयहरुले व्यक्त गरेका छन् ।

ललितपुरको लुभुमा रहेको ललित युनिसेक्स ब्युटीहब

संस्थाका अध्यक्ष मिनाकुमारी रिमालले देशका हरेक काम सहकारीको माध्यमबाट सम्भव रहेको बताउदै सौन्दर्यको क्षेत्रमा पनि अरुभन्दा फरकढंगले काम गर्ने लक्ष्यकासाथ ललित युनिसेक्स ब्युटीहब सञ्चालनमा ल्याएको बताउनुभयो । महिला पुरुष दुवैलाई सहजै सौन्दर्य सेवा दिने व्यवस्था मिलाइएको उक्त ललित युनिसेक्स ब्युटीहबमा सौन्दर्यका हरेक सेवा अत्याधुनिक प्रविधिकासाथ उपलब्ध रहेको अध्यक्ष रिमालले जानकारी दिनुभयो ।

सौन्दर्यको क्षेत्र आफैमा प्राविधिकसंगसंगै सिर्जनशिल कार्य भएकोले आफ्नो क्षमता प्रदर्शन गर्ने गतिलो थलो भएको रिमालले बताउनुभयो । ललित युनिसेक्स ब्युटीहबमा अहिले अनुभवले खारिएका ब्युटिसीयनहरु कार्यरत रहेको जानकारी दिदै रिमालले भन्नुभयो –‘हामी हरेक सेवाग्राहीलाई सहजरुपमा सिर्जनशिल सेवा दिइरहेका छौं, हामी चाहान्छौं हरेक क्षण हाम्रा हात र सिकेको सीपले सेवाग्राहीलाई अझै निखाररिएको सौन्दर्य प्रदान गर्न सकौं ।’