संविधान संशोधन नभए आन्दोलन : उपप्रधानमन्त्री यादव

संविधान संशोधन नभए आन्दोलन : उपप्रधानमन्त्री यादव

धनगढी, २२ जेठ । समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए सङ्घर्षमा जाने चेतावनी दिएका छन्।

समाजवादी पार्टीले आयोजना गरेको प्रादेशिक अभिमुखीकरण कार्यक्रमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहेका यादवले संविधान संशोधनकै लागि सघाउन आफूहरु सरकारमा सामेल भएको स्पष्ट पारे। उनले आफ्नो पार्टीले राखेका माग पूरा गर्नेतर्फ पहल नगरे सरकारबाट बाहिरिएर सदन र सडक सङ्घर्षमा जानुको विकल्प नरहेको बताए।

पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारले सङ्घीयताको सही ढङ्गबाट प्रयोग गर्न नसकेको आरोप लगाए। उनले वर्तमान सङ्घीय प्रणाली अवैज्ञानिक रहेको जिकिर गरे।

नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरमको एकीकरणपछि बनेको समाजवादी पार्टीले पहिलो पटक प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। अभिमुखीकरणमा सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लाका नेता कार्यकर्ता सहभागी रहेका थिए। रासस