

काठमाडौँ, २१ जेठ । नेपाली काँग्रेस पार्टीको राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई सार्थक एवं सृजनात्मक रुपमा सफल पार्न पार्टीको निर्देशन बमोजिम जिल्ला काठमाडौं सम्पर्क समितिहरुबाट रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
सम्पुर्ण जिल्ला सम्पर्क समितिको सहभागितामा नेपाली काँग्रेस ताप्लेजुङ्ग काठमाडौं सम्पर्क समिति सभापति भक्तिराज भट्टराईको संयोजकत्वमा हुने लागेको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ । जेष्ठ २३ गते बिहिबार भृकुटीमण्डपमा आयोजना हुने रक्तदान कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको उपस्थिति हुने बताइएकाे छ ।