

काठमाडाैं, २१ जेठ । सत्तारुढ दल नेकपाकाे सचिवालय बैठक आज बस्दै छ। यसअघि साेमबारका लागि डाकिएकाे बैठक तयारी नपुगेकाे भन्दै आजलाई सारिएकाे हाे। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्यविभाजनबारे पटक पटक छलफल भइरहेको छ।
अध्यक्षद्वय बीचमा आइतबार र साेमबार पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्यविभाजनको विषयमा टुङ्गो लगाउने विषयमा छलफल भएको थियो।
ओली र दाहालबीच भएकाे छलफलमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रूप दिन पोलिटब्युरो गठन, कार्यविभाजन तथा बाँकी रहेका एकता टुङ्गो लगाउने विषयमा कुराकानी भएकाे बताइएकाे छ।यसअघि जेठ १८ गतेका लागि सचिवालयको बैठक तय गरेको थियो तर अध्यक्षद्वय व्यस्त भएको कारण २० गतेका लागि सारिएको थियो। महासचिव विष्णु पौडेलले पोलिटब्युरो गठन तथा कार्यविभाजनको विषयमा नेताहरूको बीचमा अनौपचारिक छलफल भएको जानकारी दिए। पार्टीको ४४१ सदस्यीय केन्द्रीय कमिटीबाट १४७ जना पोलिटब्युरो सदस्य चयन गर्नुपर्ने हुन्छ।