इतिहासको कालो दिन: राजदरवार हत्याकाण्डको १८ वर्ष पुरा

इतिहासको कालो दिन: राजदरवार हत्याकाण्डको १८ वर्ष पुरा

काठमाडाैं, १९ जेठ । नेपालको इतिहासमा आज कालो दिन अर्थात् राजा विरेन्द्रको वंश बिनाश हुनेगरी नारायणहिटी राजदरबारमा भएको हत्याकाण्ड भएकाे दिन । इतिहासकै राजतन्त्र र नेपाली राजनीतिमा कालो दिनको रुपमा लिइने तत्कालिन राजा विरेन्द्र शाहको वंश नास भएको आज १८ वर्ष पुरा भएको छ ।

तत्कालीन राजा बिरेन्द्र हुँदा वि.सं. २०५८ साल जेठ १९ गते राती दरवारभित्र भएको गोलीकाण्डमा राजा विरेन्द्रको वंश नै सखाप हुनेगरि उनको परिवारका सबै सदस्यहरुलाई घटनास्थलमै गोली हानी मारिएको थियो ।

जेठ १९ को रात राजपरिवारका सदस्यहरुको पारिवारिक रात्रिभोज भएको बेलामा भएको यो हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको मृत्यु भएको थियो । घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रले गराएको ठहर गरेको थियो । जुन कुरालाई अहिलेसम्म आम नेपालीले विश्वास गरेका छैनन ।

विरेन्द्रको वंशनासपछि राजाका रुपमा ज्ञानेन्द्र शाह शासनसत्तामा आएका थिए । तर राणाकालीन शासन शैलिमा सत्ता चलाउन खोज्दा ज्ञानेन्द्र शाहले नेपाली राजतन्त्रको शासन सत्तानै सखाप पार्न पुगे । राजा बिरेन्द्रको बंश नाश पछि नेपालको राजाका रुपमा ज्ञानेन्द्र शाहको शासनकाल प्रारम्भ भयो । उनको साशनकाल लम्बिन सकेन र जनआन्दोलन २०६२/६३ को सफलतासंगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो ।

जनआन्दोलन २०६२/६३ को बलमा राजतन्त्र हटाएसँगै नेपाल गणतन्त्रमा गयाे । गणतन्त्र आइसकेपनि नेपाली जनताले शिष्ट र भद्र स्वभावका मायालु राजाका रुपमा चित्रित गरेका बिरेन्द्र शाह परिवारलाई अझै भुलेका छैनन । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई अहिले संग्राहालय बनाइएको छ । दरवार हत्याकाण्डका भग्नावशेसहरु भने तत्कालिन राजा ज्ञानेन्द्रले राजतन्त्र मासिने बेलामा रातारात भत्काएर मासेका थिए । यद्यपी नियोजित भनिएको यो हत्याकाण्डका बारेमा जनताले विश्वास गर्ने खालको छानबिन हुन सकेको छैन।