माेदीकाे सपथमा सहभागी हुन प्रधानमन्त्री विहीबार दिल्ली जाँदै

माेदीकाे सपथमा सहभागी हुन प्रधानमन्त्री विहीबार दिल्ली जाँदै

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली विहीबार नयाँ दिल्ली जाने भएका छन्।

भारतीय प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालका लागि हुन लागेको सपथ ग्रहणमा सहभागी हुन ओली नयाँ दिल्ली जान लागेका हुन्।  मोदीको सपथ ग्रहण विहीबार भारतीय समय अुनसार साँझ सात वजे सपथ ग्रहण हुँदैछ। सपथ ग्रहणका लागि उपस्थित हुन प्रधानमन्त्री ओलीसहित विमिस्टेक राष्ट्रका सरकार प्रमुखलाई भारतले निम्ता गरेको छ।

सपथ ग्रहणका लागि उपस्थित हुन प्रधानमन्त्री ओलीसहित विमिस्टेक राष्ट्रका सरकार प्रमुखलाई भारतले निम्ता गरेको छ। बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य छन्। बिमस्टेक सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमूख बाहेक कीर्गिजस्थानका राष्ट्रपति र मोरिससका प्रधामन्त्रीलाई पनि सो समारोहको लागि आमन्त्रण गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

ओलीले मोदीको सपथ ग्रहण गरेलगत्तै उनीसँग द्विपक्षीय वार्ता गरि शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।हालै सम्पन्न भारतीय लोकसभा निर्वाचनमा भाजपा एक्लैले ३०३ सिट र भाजपा गठबन्धनले ३५३ सिट प्राप्त गरेपछि नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीका रुपमा दोस्रोपटक सपथ लिन लागेका हुन्।