विजय राई, धनकुटा
धनकुटा । धनकुटाको महलक्ष्मी र पाख्रिवास नगरपालिकामा नेपाली कांग्रेसको पहिलो चरणको राष्ट्रिय जनजागरण अभियान सम्पन्न भयो ।
जागरण अभियान अन्र्तगत महालक्ष्मी र र पाख्रिवास नगर स्तरीय जागरण अभियान अन्र्तगत छुट्टा छ्ट्टै रुपमा ति नगरहरुमा आयोजित जागरण कार्यक्रमको समापन समारोहमा वडा तहमा खटाईएका प्रतिनिधिहरुले बुझाएका प्रतिवेदनहरु ग्रहण गर्दै नेपाली कांग्रेस केन्द्रिय प्रतिनिधि तथा पूर्व राज्य मन्त्री दिपक खड्काले वर्तमान सरकारसंग दुई तिहाईको दम्भ रहेकाले लोकतन्त्रनै खतरामा पर्दै गएको बताउनु भयो । उहाले अव राष्टिय जनजागरण मार्फत कांग्रेसले जनलहर ल्याउने बताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल,सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, ज्ञानबहाुदर गुरुङ्ग, पूर्व सांसद अञ्जनता ताम्ली, जिल्ला सदस्य ज्ञान वहादुर गुरुङ्ग, जयन्द्र घिसिङ्ग, शिक्षक संघ धनकुटाका पूर्व अध्यक्ष विश्वनाथ दाहाल, महाधिवेशन प्रतिनिधि उदय लिम्बु लगायतले नेपाली कांग्रेसलाई नया ढंगबाट पुर्नसंगठित गर्दै दशैको शक्तिशाली र ठूलो पार्टी वनाउने बताउनु भयो ।
नेपाली कांग्रेस मालक्ष्मी नगर कार्य समितिका सभापति ध्रुव रायको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य खेमराज पौडेलले गर्नु भएको र कार्यक्रमको संचालन सचिव बाबुराम चुवानले गर्नु भएको थियो । यसैगरी पाख्रिवास नगर कार्य समितिका सभापति कोपिन्द्र मानन्धरको अध्यक्षतमा सम्पन्न भएको पाख्रिवासको जागरण अभियानको समापन कार्यक्रममा स्वागत मन्तव्य यूवा नेता प्रेम भण्डारीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव चन्द्र वस्नेतले गर्नु भएको थियो ।
महालक्ष्मी नगरापालिकाका भएको कार्यक्रममा जागरण अभियानका प्रतिनिधिहरु महोन तेयुङ्ग, इन्द्र कुवर, राजेन्द्र पौडेल, तिलक महत, भक्तलाल मादेन, जगत कार्की,शिव विक जितपुरमा र पाख्रिवासमा राष्टिय जनजागरण अभियानका प्रतिनिधिहरु ,ज्ञान बहादुर गुरुङ्ग,गोरखबहादुर पिठाकोठे, अम्विका धमला, गोविन्द्र थापा, कृष्ण गोविन्द्र धमला, हरीबहादुर राई,पूर्णबहादुर राई,लालबहादुर वस्नेत लगायतले प्रतिवेदन केन्द्रिय प्रतिनिधि पूर्व मन्त्रि दिपक खड्कालाई पेश गर्नु भएको थियो ।
पाख्रिवास र महालक्ष्मी नगरपालिकाको जागरण अभियान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नुुहुनेहरुलाई केन्द्रिय प्रतिनिधि पूर्व मन्त्री दिपक खड्का र जिल्ला पार्टी सभापति अग्नी प्रसाद पौडेलले पार्टी सदस्यता प्रदान गरी टिका अबिर लगाई स्वागत गर्नु भएको थियो ।