प्रधानमन्त्री कप क्रिकेटः आज पनि दुई खेल हुने

प्रधानमन्त्री कप क्रिकेटः आज पनि दुई खेल हुने

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

कीर्तिपुरको त्रिवि मैदानमा हुने खेलमा एपीएफ र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ । मैदान उत्रदै गर्दा एपीएफको लक्ष्य लगातार दोस्रो जित हासिल गर्नु हुनेछ ।

पहिलो खेलमा पुलिसलाई गाह्रो बनाएको सुदुरपश्चिम प्रदेश समेत अर्को विभागीय टिम एपीएफलाई पराजीत गर्ने लक्ष्यसहित मैदान उत्रनेछ । यस्तै आजै हुने अर्को खेलमा प्रदेश ३ र प्रदेश ५ बीच प्रतिस्पर्धा हुनेछ । मुलपानी मैदानमा ९ बजेबाट सुरु हुने खेलमा प्रदेश नम्बर तीन पहिलो जितको खोजीमा हुनेछ । राष्ट्रिय टिमका कप्तान पारस खड्का सम्मिलित प्रदेश तीन पहिलो खेलमा ज्ञानेन्द्र मल्लको सतकिय ईनिङ्का बाबजुत एपीएफसँग पराजित भएको थियो ।