कांग्रेसले तीन दिने कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने

कांग्रेसले तीन दिने कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने

काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसले विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाउने भएको छ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकले जेठ १४ देखि १६ गतेसम्म प्रभातफेरी, अन्तरक्रिया जस्ता कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको कार्यकारी निर्देशक पुुरुषोत्तम दाहालद्धारा जारी बिज्ञप्तिमा जनाइएको छ।

प्रतिष्ठानद्धारा प्रकाशित विज्ञप्ति अनुसार जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया, जेठ १५ गते ७७ वटै जिल्लामा प्रभातफेरी र बेलुकी मुख्य चोकहरुमा दीप प्रज्ज्वलन गर्ने तथा जेठ १६ गते ‘संघीयता कार्यान्वयन’ विषयमा अन्तरक्रिया कार्यक्रम गरिनेछ।

काठमाडौंमा जेठ १५ गते बिहान ६ः३० बजे शान्ति बाटिकाबाट प्रभातफेरी शुरु गरी सहरका विभिन्न चोक परिक्रमा गरी पुनः शान्ति बाटिकामा कार्यक्रम समापन गरिने जनाइएको छ। साथै, सोही दिन साँझ ६ः३० बजे शान्ति बाटिका दिप प्रज्ज्वलन गरिने विज्ञप्तिमा उल्लेख छ।