काठमाडौँमा विस्फोट हुँदा तीन जनाको मृत्यु, ६ घाइते

काठमाडौँमा विस्फोट हुँदा तीन जनाको मृत्यु, ६ घाइते

काठमाडौँ, १२ जेठ । काठमाडौँको दुई स्थानमा भएको विस्फोटमा परी आज तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएकाे छ । सिलिन्डर पड्किएर सुकेधारामा दुई जना र अनामनगरमा एक जनाको मृत्यु भएको हाे ।


सुकेधारा विस्फोटमा उक्त विफोटमा अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । सुकेधारा विस्फोटमा घाइते भएका पाँच जनालाई उपचारका लागि ओम अस्पतालमा लगिएको र घट्टेकुलोमा घाइते भएका एक जनालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

साँझ करीब ५ बजेको आसपासमा काठमाडौँको सुकेधारास्थित ढलानी पुल र घट्टेकुलो नजीकै विस्फोट भएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएकाे छ । सुकेधारामा एक सैलुन पछाडि विस्फोट भएको र घट्टेकुलोमा भने घरमा विस्फोट भएको प्रहरीले जनाएको छ ।