धरानमा लघु वित्तका कर्मचारीमाथि गोली प्रहार गरी लुटपाट

धरानमा लघु वित्तका कर्मचारीमाथि गोली प्रहार गरी लुटपाट

मोरङ, १२ जेठ ।सुनसरीको धरान उपमहानगरपालिकामा एक कर्मचारी लुटिएका छन् ।धरान ४ बाट रकम कलेक्सन गरि फर्कीदै गरेका जीवन विकास लघुवित्तिय संस्थाका एक कर्मचारीलाई अज्ञात समुहले गोली प्रहार गरेको छ । अज्ञात समुहको गोली लागेर शम्भुप्रसाद गच्छदार घाइते भएका छन् । अज्ञात समुहले गच्छदारमाथि २ राण्ड गोली चलाएका छन् । 

स्कुटरमा आएको तीन जनाको समुहले मोरंगको साउने बस्तीमा गच्छदारमाथि गोली हानी कलेक्सन गरेको ४ लाख रकम समेत लगेको धरान प्रहरीले जनाएको छ । रकम लिएसँगै लुटेरा फरार छन् ।घाईते गच्छदारको धरान स्थित विपि कोईरालाल विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।घटनबारे आवश्यक छानबवन भैरहेको समेत प्रहरीले जनाएको छ ।