२०७६ ज्येष्ठ १२-१८ गतेसम्म कस्ताे छ हेर्नुहाेस्, तपाईंकाे याे साताकाे राशिफल

२०७६ ज्येष्ठ १२-१८ गतेसम्म कस्ताे छ हेर्नुहाेस्, तपाईंकाे याे साताकाे राशिफल

वि.सं. २०७६ ज्येष्ठ १२ गते आइतबार तदनुसार ई. सं. २०१९ मई २६ तारिख, ज्येष्ठ कृष्ण सप्तमी, धनिष्ठा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, ऐन्द्र योग, बब र बालब करण, आजको चाडपर्व र उत्सव : रवि सप्तमी व्रत, अष्टमी व्रत, गोरखकाली पूजा, द्विपुष्कर योग बिहान ०८ बजेर ०१ मिनेटसम्म, आजको मूहुर्त : अग्निवास(होमादि), द्रव्यप्रयोग वा लगानी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । साता फलदायी रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । आर्थिक उन्न्ति हुनुका साथै कार्य क्षेत्रमा पनि सफलता प्राप्त हुने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययनमा रुचि जाग्ने छ । मंगल र बुधबार कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कर्मक्षेत्रमा व्यस्त रहनु पर्नेछ ।साता अर्थदायी रहनेछ । कार्यमा सफलता हात पर्नुका साथै मान सम्मानका योग पनि देखिन्छन् । मित्र सहयोग मिल्नेछ । यात्रका अवसर पनि मिल्ने देखिन्छन् । विद्याको क्षेत्र बलवान छ । व्यापार व्यवसायमका उल्लेख्य प्रगति हुने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै कर्म प्राप्त्किो योग देखिन्छ । बिहीबारबाट कार्यमा अस्थिरता रहनसक्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । साता अर्थकरी रहनेछ । कार्यमा उन्नति हुनुका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्नेछन् । श्रीवृद्धिको योग देखिन्छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै आर्थिक उन्नति हुनेछ । बुध र बिहीबार खर्च बढ्नुका साथै शारीरिक कष्ट रहने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्वास्थ्यमा अचानक गडबडी आउन सक्छ । साता लाभदायी रहनेछ । सोमबारसम्म स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै कार्य क्षेत्रमा पनि अवरोध रहन सक्ने देखिन्छ । सो पश्चात्को समय उत्तम फलदायी रहनेछ । कार्य प्राप्तिको योग देखिन्छ । रोजगारीका अवसर मिल्नेछन् । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै यात्राका योग पनि देखिन्छन् । मित्रजनको सरसहयोगबाट कार्यमा प्रगति हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । साता फलदायी रहनेछ । सामाजिक कार्यमा रुचि जाग्ने छ । सोचेका काम बन्नुका साथै नयाँ कार्यका अवसर पनि मिल्नेछन् । आर्थिक लाभ हुने देखिन्छ । व्यापार व्यवसायमा बृद्धि हुनेछ । विद्या लाभदायी रहनेछ । मिंगल र बुधबार शत्रु वृद्धि हुनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । साता उन्नतिकारक रहनेछ । धन वृद्धिको योग देखिन्छ । सोचका काम पूरा हुनेछन् । मित्र सहयोग प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने छ । सामाजिक मान प्रतिष्ठा बढ्नुका साथै अध्ययनमा पनि प्रगति हुने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । बिहीबारबाट स्वास्थ्यमा प्रतिकूलता रहनसक्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बौद्धिक क्षमताले सृजनात्मक काममा सफलता पाइने छ । साता मध्यम फलदायी रहनेछ । कार्यमा सफलता हात पर्ने देखिन्छ । मित्र सहयो मिल्नेछ । धन बढ्नुका साथै रोजगारीका अवसर पनि मिल्ने देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै अध्ययनमा पनि उल्लेख्य प्रगति हुने छ । सोम र मंगलबार खर्चमा वृद्धि हुने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

घरायसी खर्चमा बृद्धि हुनेछ । साता लाभदायी रहनेछ । सोमबारसम्म खर्च बढ्नुका सागथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ । सो पश्चात्को समय फलदायी रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर मिल्नेछन् । धनको क्षेत्र सबल छ । व्यापार व्यवसायमा उन्नति हुनेछ । कार्य गर्ने सुअवसर प्राप्त हुनेछ । विद्या लाभदायी रहने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । साता फलदायी रहनेछ । नयाँ काम मिल्ने योग देखिन्छ । सोचेका कार्य पूरा हुनेछन् । मित्र सहयोग मिल्नेछ । पराक्रम बढ्नुका साथै भौतिक क्षेत्रबाट विशेष लाभ देखिन्छ । व्यवसाय बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ । शुक्रबारबाट कार्यमा अवरोध रहनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आर्थिक क्षेत्र सबल रहने छ । साता लाभदायी रहनेछ । पराक्रम बढ्नुका साथै कार्य प्राप्तिको योग छ । धार्मिक कार्यमा रुचि जाग्ने छ । मित्र सहयोग मिल्नुका साथै पराक्रम बढ्ने देखिन्छ । कीर्ति वृद्धिका साथै सामाजिक मान प्रतिष्ठा मिल्ने योग देखिन्छ । व्यवसायमा बृद्धि हुनेछ । पारिवारिक सुख मिल्नुका साथै विद्याबाट लाभ हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । साता शुभ फलदायी रहनेछ । सोचेका काम बन्ने छन् । मित्र सहयोग मिल्नुका साथै धन वृद्धिको योग देखिन्छ । पारिवारिक सुख मिल्नेछ । व्यापारमा वृद्धि हुने देखिन्छ । सन्तान सुख मिल्नुका साथै शत्रु पराजित हुनेछन् । अध्ययनमा रुचि जाग्ने छ । मंगल र बुधबार कार्यमा अवरोध रहनुका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साता सबल रहनेछ । सोमबारसम्म खर्चमा वृद्धि हुनुका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ । सो पश्चात्को समय शुभ रहनेछ । सामाजिक मान प्रतिष्ठा मिल्नेछ । पारिवारिक साथ सहयोेग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ । व्यवसायको क्षेत्र मध्यम फलदायी रहने छ ।