आज मेघ गर्जनसहित वर्षा हुने सम्भावना

आज मेघ गर्जनसहित वर्षा हुने सम्भावना

काठमाडौं, १० जेठ । देशका विभिन्न स्थानमा आज मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य तथा पूर्वी भू–भागमा र पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली हुने बताइएको छ ।

बाँकी भूभागमा आंशिक बदली रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थान र पश्चिमी क्षेत्रका थोरै स्थानमा मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावना रहेको विभागले जनाएको हो ।

आज राती देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदली रही देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानमा र पश्चिमी क्षेत्रका थोरै स्थानमा मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।