सम्पादकहरूद्वारा मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग

सम्पादकहरूद्वारा मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग

काठमाडौं, ९ जेठ । प्रेस काउन्सिलसम्वन्धी विधेयकले पूर्ण प्रेस स्वतन्त्रताको संकुचन गर्ने भन्दै सम्पादकहरूले विरोध गरेका जनाएका छन् ।

२१ जना सम्पादकहरूले आज विज्ञप्ति जारी गर्दै विधेयक लोकतान्त्रिक मूल्यमान्यता र संविधानको मर्म, भावना विपरीत भएको उनीहरूको निष्कर्ष छ । सम्पादकहरूले नेपाल पत्रकार महासंघ तथा पत्रकारिता सम्वद्ध अन्य संस्थाले विधेयकको विरोधमा गरेको आन्दोलनप्रति ऐक्यवद्धतासमेत जनाएका छन् ।

पत्रकारिता क्षेत्रका असङ्गत र असंयमित अभ्यासप्रति सचेत भएको भन्दै उनीहरूले त्यस्ता समस्या सम्वोधन गर्ने विधि विकासको आवश्यकता बारे प्रस्ट भएकोमा जोड दिएका छन् ।