मिडिया काउन्सिल विधेयक सच्याउनुपर्ने वामदेव गौतमको भनाइ

मिडिया काउन्सिल विधेयक सच्याउनुपर्ने वामदेव गौतमको भनाइ

काठमाडौं, ९ जेठ । सत्तारुढ नेकपाका सचिवालय सदस्य वामदेव गौतमले प्रस्तावित मिडिया काउन्सिल विधेयक सच्याएर मात्र पारित गर्नुपर्ने बताउनु भएको छ ।

मन्त्रिपरिषद्बाट पारित भएर राष्ट्रियसभा सचिवालयमा दर्ता गराइएको विधेयकका विवादास्पद प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको उहाँको भनाइ छ । गौतमले आज विज्ञप्ती जारी गर्दै विधेयकका केही प्रावधान नेपालको संविधानको भावना अनुकुल नभएको उल्लेख गर्नुभयो । सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित हुनुपर्नेमा दुई मत नभए पनि समाचार लेखेकै आधारमा पत्रकारलाई दश लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित नभएको उहाँको भनाइ छ ।