प्रधानमन्त्री ओलीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

प्रधानमन्त्री ओलीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

एजेन्सी, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई २०१९ को लोकसभा निर्वाचनमा विजय प्राप्त गरेकामा बधाई दिनुभएको छ । उहाँले आज मध्यान्ह् १२ बजेर ३८ मिनेट जाँदा ट्वीट गर्दै बधाई दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले अब पनि सफलता मिल्ने आशा गर्दै आफूले उहाँसँग निकट रही काम गर्ने इच्छासमेत व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भारतीय लोकसभा निर्वाचनमा नरेन्द्र मोदी र उहाँको पार्टी भारी मतका साथ विजयी भएको भन्दै बधाई दिनुभएको छ । आज विहान सुरु भएको मतगणनाको नतिजा नआउँदै नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीले बधाई दिनुभएको हो ।