

काठमाडौं । साताको अन्तिम कारोवार दिन (बिहीबार )नेप्से सूचक तथा कारोवार रकम दुुबै घटेका छन् । नेप्से आज पाँच दशमलव आठ अंकले घटेर दुुई सय ८० दशमलव ३९ बिन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८९ अंंकले घटेर दुुई सय ८० दशमलव ३८ बिन्दुुमा झरेको छ ।
एक सय ७० कम्पनीहरुको १२ हजार ४३ वटा कारोवारमा २९ लाख ४३ हजार तीन सय चार कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोवार रकम ९३ करोड २६ लाख ४४ हजार आठ सय ८७ रुपैैयाँ पुुगेको छ ।नेप्सेमा आज १२ वटा समूहको कारोवार भएकोमा पाँच वटा समूहको सूचक बढेका छन् भने सात वटा समूहको सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ९५ अंकले घटेर ११ सय ६७ दशमलव ४२ बिन्दुमा झर्दा विकास बैंक समूहको सूचक पनि नौ दशमलव दुुई अंकले घटेर १५ सय ९९ दशमलव ६८ बिन्दुुमा झरेको छ । जलविद्युुत्, जीवन बीमा, टे«डिङ, फाइनान्स र उत्पादनमूुलक समूहको सूचक पनि घटेका छन् ।
निर्जीवन बीमा समूहको सूचक भने तीन दशमलव ७१ अंकले बढेर पाँच हजार आठ सय ९४ दशमलव २३ बिन्दुुमा चढ्दा लघुुवित्त समूहको सूचक पनि एक दशमलव सात अंकले बढेर १५ सय छ दशमलव ४६ बिन्दुुमा चढेको छ । यीबाहेक होटल, अन्य र सामुूहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् ।आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनएमबी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ९५ पैसाले बढेर एक हजार ७२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ७२ पैसाले घटेर एक सय ३० रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको अपर तामाकोशी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता दुुई सय ८७ रुपैयाँ अन्तिम मुल्यमा १५ करोड ५९ लाख ६४ हजार आठ सय ४८ रुपैयाँको कारोवार भएको छ ।