सन्दिप लामिछाने अहिलेसम्मकै महँगो, बार्बाडोसले किन्याे ७० हजार डलरमा

सन्दिप लामिछाने अहिलेसम्मकै महँगो, बार्बाडोसले किन्याे ७० हजार डलरमा

एजेन्सी । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा अहिलेसम्मकै महँगो मूल्यमा बिक्री भएका छन् । याे संगै क्यारेबियन प्रिमियर लिगमा नेपाली बलर सन्दीप लामिछाने बार्बाडोस ट्रिडेन्टबाट खेल्ने भएका हुन् ।

बुधबार राती लण्डनमा भएको ड्राफ्टमा सीपीएल बार्बादोस ट्रेइडेन्सले सन्दीपलाई ७० हजार डलरमा किनेको हो । बार्दादोसले सन्दीपलाई पाँचौं राउण्डमा किनेसँगै उनले लगातार दोस्रो सिजन पीएसपीएल खेल्ने पक्का भएको छ । अघिल्लो संस्करणमा सेन्ट किट्स एण्ड नेभी प्याट्रियोट्सबाट खेलेका सन्दिपलाई यस पटक बार्बाडोसले किनेकाे हाे ।