ब्रेक्जिटको नयाँ सम्झौताको प्रस्तावमा समर्थन गर्न बेलायती प्रधानमन्त्रीको आग्रह

ब्रेक्जिटको नयाँ सम्झौताको प्रस्तावमा समर्थन गर्न बेलायती प्रधानमन्त्रीको आग्रह

एजेन्सी । बेलायती प्रधानमन्त्री टेरिजा मेले ब्रेक्जिटको नयाँ सम्झौताको प्रस्तावमा समर्थन गर्न सांसदहरुलाई अपिल गर्नुभएको छ । प्रधानमन्त्री मेले यो प्रस्ताव संसद्बाट पास गर्ने अन्तिम मौका भएको बताउँदै सांसदहरुलाई समर्थन गर्न आग्रह गर्नुभएको हो ।

उहाँले संसदले युरोपेली संघबाट अलग हुने विधेयकको समर्थन गरे ब्रेक्जिटका बारेमा दोस्रो पटक जनमत संग्रह गर्ने अबसर मिल्ने बताउनु भएको छ । तर, युरोपेली युनियनबाट अलग हुन सम्झौतालाई अनुमोदन गरे मात्र यो सम्भव हुने उहाँको भनाई छ । यसअघि प्रधानमन्त्री मेले पेश गरेको विधेयक तीन पटक संसद्ले अस्वीकार गरिसकेको छ ।