चुचुरोमा पुग्याे सगरमाथाको उचाई नाप्ने टोली

चुचुरोमा पुग्याे सगरमाथाको उचाई नाप्ने टोली

काठमाडौं, ८ जेठ । सरकारले पहिलो पटक सगरमाथाको उचाई नाप्दै छ । सगरमाथाको उचाई नाप्ने नेपाली टोलि आज बिहान सगरमाथाको शिखरमा पुगेको छ । नापी विभागबाट खटिएको टोली आज बिहान ३ बजेर १५ मिनेटमा सगरमाथा शिखरमा पुगेको जनाईएको छ ।

विभागका उपसचिव खिमलाल गौतमको नेतृत्वमा टोली शिखरतर्फ गएका थिए । टोलीका सदस्य रविन कार्की सहित क्लाइम्बिङ गाइड छिरिङजाङबु शेर्पा लगायतले शिखरमा पुगेर जिएनएनएस जिपिएस सेट गर्ने काम सम्पन्न गरेको आङबाबु शेर्पाले जानकारी दिनुभयो ।

भोलीसम्ममा टोली आधार शिविर पुग्ने जनाएको छ । शिखरमा पुग्ने बित्तिकै उचाई पत्ता नलाग्ने नापी विभागले जनाएको छ । अब जिपिएसमा सेट भएका तथ्यांकहरुको आधारमा संसारका दर्जनौं वैज्ञानिकहरुले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरि उचाई टुंगो लगाएर पुष्टि गर्नेछन् । त्यसका लागि कम्तिमा ६ महिना लाग्नेछ ।