२४औँ पटक सगरमाथा आरोहण गर्दै कामीरिताले बनाए नयाँ किर्तिमान

२४औँ पटक सगरमाथा आरोहण गर्दै कामीरिताले बनाए नयाँ किर्तिमान

काठमाडौँ, ७ जेठ । पर्वताराेही कामीरिता शेर्पाले २४औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएकाे छ । सोलुखुम्बु थामेका शेर्पाले आज बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको २४औ पटक सफल आरोहण गर्नुभएकाे हाे ।

कामीरिताले गत जेठ १ गते बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक सगरमाथाको सफल आरोहण गर्नुभएकाे थियाे । कामीरिताले यसै सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै किर्तिमानलाई तोड्नुभएकाे हाे ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान बनाउनु भएकाे हाे । कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गर्नुभएकाे हाे ।