पूर्व एआईजीकाे घरमा चाेरी गर्ने लामा पक्राउ

पूर्व एआईजीकाे घरमा चाेरी गर्ने लामा पक्राउ

काठमाडौँ, ६ जेठ । प्रहरीकाे खाेजी सूचीमा रहेका सिन्धुपाल्चोक मेलम्ची घर भएका चोरी डकैतीमा संलग्न काले भन्ने ३३ वर्षीय विष्णु लामालाई प्रहरीले गाेली हानेर नियन्त्रणमा लिएकाे हाे । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज बिहान काठमाडौंको टोखाबाट लामालाई नियन्त्रणमा लिएको जनाएकाे छ ।

नियन्त्रणमा लिने क्रममा लामाले हतियार देखाएपछि घुडाँमूनि गोली हानेर उनलाई पक्राउ गरेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । लामा २०७२ सालमा ६ वर्ष जेल बसेर छुटेका थिए। त्यसयता लामाविरुद्ध ७ वटा चोरी मुद्दा रहेका छन्।

उनलाई पूर्व प्रहरी अधिकारी जयबहादुर चन्द र विश्वराज अधिकारीको घरमा चोरीमा संलग्न रहेको अरोप समेत छ । गोली लागेर घाइते भएका लामाको अहिले वीर अस्पतालमा उपचार भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।