

एजेन्सी । पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज इंगल्याण्डले हात पारेको छ । पाँचौं तथा अन्तिम एकदिवसीय क्रिकेटमा घरेलु टोलि इंग्ल्यान्डले पाकिस्तानविरुद्धको पाँच खेलको सिरिजमा ४–० ले कब्जा गरेको हो ।
हिजो भएको अन्तिम खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५४ रनले पराजित गरेको थियो । इंग्ल्यान्डले दिएको ३ सय ५२ रनको लक्ष्य पाकिस्तान ४६ ओभर ५ बलमा अलआउट हुँदै २ सय ९७ रनमा समेटियो । दुई टोलीबीचको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।