नेकपाले जनवर्गीय संगठनहरुको नेतृत्व टुंगो लाग्यो (कसले पाए जिम्मेवारी ?)

नेकपाले जनवर्गीय संगठनहरुको नेतृत्व टुंगो लाग्यो (कसले पाए जिम्मेवारी ?)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनहरुको नेतृत्व टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्य र जनवर्गीय संगठनहरुको नेतृत्वको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पोलिटब्युरो सदस्यमा पार्टी सचिवालय र स्थायी कमिटी सदस्य स्वतः पर्ने गरी बनाइएको छ । बैठकले बाँकी रहेका सबै जनवर्गीय सङ्गठनको एकताको भने टुङ्गो लगाएको छ । विद्यार्थी, मजदूर र बुद्धिजीवी तत्कालीन एमाले तथा युवा, महिला र पत्रकार सङ्गठन तत्कालीन माओवादी केन्द्रको भागमा परेका छन् ।

बैठकले तत्कालीन एमाले र माओवादीको भागवण्डाका आधारमा अधिकांश जनवर्गीय संगठनको संयोजक र सहसंयोजक तोकेको हो । विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ तोकिएका छन् भने युवामा रामप्रसाद सापकोटा संयोजक र रमेश पौडेल सहसंयोजक तोकिएको छ ।

त्यस्तै महिलाको संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल तथा मजदुरको संयोजकमा विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् ।

प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक, तथा बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी सहसंयोजक तोकिएका छन् । गतवर्ष जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा घोषणा भएको भोलि एक वर्ष पुग्दैछ । एकताको एक वर्ष र मदन आश्रित स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम गर्ने तयारी नेकपाको छ ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँगै नेताहरु ईश्वर पोखरेल र रामबहादुर थापा सहभागी रहेका थिए ।

सूची हेर्नुहाेस्

युवा संगठन : संयोजक – रामप्रसाद सापकोटा, सहसंयोजक – रमेश पौडेल

प्रेस संगठन : संयोजक – महेश्वर दाहाल, सहसंयोजक – गणेश बस्नेत

महिला संगठन : संयोजक – अमृता थापा, सहसंयोजक – सीता पौडेल

मजदूर संगठन : संयोजक – विनोद श्रेष्ठ, सहसंयोजक जगत – सिम्खडा

बुद्धिजीवी संगठन : संयोजक – दिनेशचन्द्र देवकोटा, सहसंयोजक – कृष्ण केसी

किसान संगठन : संयोजक – वामदेव गौतम, सहसंयोजक – चित्र बहादुर श्रेष्ठ

पेशागत संगठन : संयोजक विश्वनाथ प्याकुरेल, सहसंयोजक – दयाराम बस्याल

अपाङ्ग संगठन : संयोजक – ईन्द्रमाया गुरुङ, सहसंयोजक – रामप्रसाद ढुंगाना

मुस्लिम संगठन : संयोजक – सिराज अहमद फारुकी, सहसंयोजक – अतहर हुसेन

दलित संगठन : संयोजक – तिलक परियार, सहसंयोजक – होम बहादुर बिक

मानवाधिकार एलाइन्स : संयोजक – मीनबहादुर शाही, सहसंयोजक – हुकुम पोखरेल

जनजाति संगठन : संयोजक – सुरेश आलेमगर, सहसंयोजक – शेरबहादुर तामाङ

भूमिहीन संगठन : संयोजक – रामप्रित पासवान, सहसंयोजक – पदम देवकोटा

खेलकुद संगठन : संयोजक – पुरुषोत्तम पौडेल, सहसंयोजक – शिव कोइराला

जनसांस्कृतिक संगठन : संयोजक – खगेन्द्र राई, सहसंयोजक – सरल सहयात्री

उद्योग संगठन : संयोजक – लक्ष्मीराज मानन्धर, सहसंयोजक – श्याम पाठक

भूपू सैनिक संगठन : संयोजक – धनबहादुर चन्द, सहसंयोजक – मिठाराम केसी

इन्जिनियर संगठन : संयोजक – शम्भुबहादुर श्रेष्ठ, सहसंयोजक – हरि पराजुली

प्रवास भारत संगठन : संयोजक – लोकनाथ भण्डारी, सहसंयोजक – इश्वरी भण्डारी

नेपाल कानुन व्यवसायी संगठन : संयोजक- रुद्र नेपाल, सहसंयोजक – दीनमणि पोखरेल