संविधानको भावना विपरीतका विधेयक फिर्ता गराउन कांग्रेसले प्रतिरोध गर्ने

संविधानको भावना विपरीतका विधेयक फिर्ता गराउन कांग्रेसले प्रतिरोध गर्ने

काठमाडाैं, १ जेठ । नेपाली कांग्रेसले संविधानविपरीत आएका सबै विधेयकको संसदमा सशक्त ढंगले प्रतिरोध गर्ने भएको छ ।आज बसेको संसदीय दलको बैठकले मिडिया काउन्सिल, मानव अधिकार आयोग र राष्ट्रिय सुरक्षा परिषदसम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरेको हो। सरकारले संविधानको भावना विपरीत अघि बढाएका विधेयकहरु फिर्ता लिन कांग्रेसले माग गरेको हाे ।

पछिल्लोपटक सरकारले संसद्मा दर्ता गराएको मिडियासम्बन्धी विधेयक संविधानको प्रस्तावनाअनुसार नभएको, संविधानले पूर्ण स्वतन्तत्रा, सूचना र सञ्चारको हक सञ्चारमाध्यमलाई दिए पनि विधेयक संविधान प्रतिकूल हुने गरी अघि बढाएको भन्दै कांग्रेसले विधेयक पारित भए स्वतन्त्र पत्रकारिता नै कुण्ठित हुने जनाएको छ ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकले आयोगलाई महान्याधिवक्ता कार्यालय अन्तर्गत राख्न खोजिएको कांग्रेसको निष्कर्ष छ ।

‘प्रेसलाई, सेनालाई र मानवअधिकारलाई कमजोर बनाउने गरी सरकारले अघि बढाएको विधेयकमा हाम्रो विरोध हो,’ कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भने फिर्ता नलिए सम्म विराेध गरिरहन्छाै ।