कार्यकक्षभित्रै मन्त्री र कर्मचारीबीच हातपात

कार्यकक्षभित्रै मन्त्री र कर्मचारीबीच हातपात

काठमाडौं, जेठ १ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवमाथि कार्यकक्षभित्रै हातपातको प्रयास भएको छ।

कर्मचारी सरुवाको विषयलाई लिएर मन्त्रालय पुगेका निजामति कर्मचारी संगठनका नेताहरुले बुधबार दिउँसो मन्त्री यादवमाथि हातपातको प्रयास गरेका हुन्।उद्योग विभाग मन्त्रालयका सहसचिव शोभाकर रेग्मीलाई पठाउनु पर्नेमा अर्का सहसचिव विनोद खड्कालाई पठाइएको विषयमा मन्त्री र कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका नेताहरुबीच विवाद भएको थियो।

कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र अधिकारीको नेतृत्वमा मन्त्रालय पुगेको टोली र मन्त्रीबीच सुरुवाका विषयमा विवाद भएपछि हातहालाहालको स्थितिमा पुगेको थियो।युनियनका उपाध्यक्ष अधिकारी नेतृत्वको समूहले घुस लिएर उद्योग विभागमा सहसचिव खड्कालाई पठाइएको आरोप लगाएका थिए। आरोपको खण्डन गर्दै मन्त्री यादवले सम्झाउन खोजेपछि कर्मचारीका नेताले उनीमाथि आक्रमणको प्रयास गरेका थिए।