

काठमाडौं, १ जेठ । सफल पर्वतारोही कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाएका छन् । शेर्पा आज बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा २३ औँ पटक पुगेका हुन् ।
सोलुखुम्बुको थामे गाउँमा जन्मघर भएका शेर्पाले आफ्नै नाममा रहेको सबैभन्दा धेरै पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान तोडेका हुन् ।