

बैङ्कक(सिन्ह्वा),३० वैशाख ।थाइल्याण्डका वर्तमान प्रधानमन्त्री प्रत्युत चान ओ चानलाई फेरी प्रधानमन्त्री बन्नका लागि समर्थन गरेका छन् ।
थाइल्याण्डमा केही हप्ता अगाडी भएको निर्वाचनपछि अहिले नयाँ सरकार गठनको प्रक्रिया चलिरहेका बेला एघार दलले उहाँलाई सोमबार समर्थन गरेका हुन् । प्रत्युतको पार्टी पलाङ प्रथा रथले ११५ सिटमा जित हासिल गरेको छ ।
प्रथा रथले नै सरकारको नेतृत्व गरिरहेको छ भने समर्थन गरेका दलहरु पनि सरकारमा सहभागी हुने भएका छन् ।रासस