सिन्धुपाल्चोक । नेपाल आइस चौथो सिन्धु कप जावलाखेल युथ युवा क्लवले जितेको छ । शनिबार भएको उक्त प्रतियोगिताको फाइनल खेलमा जावलाखेल युथ क्लवले गोर्खा व्वाइज क्लवलाई २–० ले हराउँदै फाइनल जितेको हो ।
विजयी जावलाखेल युथ क्लवले नगद ५ लाख र उपविजेता गोर्खा ब्वाइज युथ क्लवले साढे २ लाख नगद जितेको छ । जावलाखेल युथ क्लवका डानेल वाजेले पहिलो हाफको १९ मिनेट र दोस्रो हाफको १० औं मिनेटमा दुई गोल गरेपछि उक्त क्लव विजयी भएको हो ।
उत्कृष्ठ खेलाडीमा जावलाखेल युथका सुदिप बुढाथोकी भए । म्यान अफ द म्याच जावलाखेल युथका अरुण तामाङ, उत्कृष्ठ किपर गोर्खा ब्वाइजका विकास कोजु, उत्कृष्ठ डिफेण्ड जावलाखेल युथका गौतम श्रेष्ठ, उत्कृष्ठ स्टाइगरमा जावलाखेल युथकै फोकन कोडे, उत्कृष्ठ कोचतर्फ युथ स्पोर्टस क्लव लामोसाँघुका सन्दीप खड्का भएका छन् ।
यस्तै, प्रतियोगिताको आयोजक क्लबले नेपाललाई अन्तराष्ट्रिय पदक दिलाउने खेलाडीहरुलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेमा पुर्व म्याराथन धावक जित बहादुर केसी, पुर्व तेक्वान्दो खेलाडी दिपक विष्ट, शारिरिक सुगठनका महेश्वर महर्जन, म्याराथन धाविका कान्छी माया कोजु, पूर्व राष्टिय भलिबल टोलीका कप्तान भरत बहादुर शाह, महिला भलिबल खेलाडी कोपिला उप्रेती, राष्ट्रिय टोलीका गोलरक्षक विकेश कुथु, एपिएफका प्रशिक्षक सुदिप श्रेष्ठ, तेक्वान्दो खेलाडी सक्षम कार्की, रोहिन्द्र विक्रम खड्का र शर्मिला खड्का रहेका आयोजक युथ स्पोर्टस क्लवका रविन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार तेक्वान्दो राष्ट्रिय खेलाडी दिपक विष्ट लगायतलाई नगदद्वारा सम्मान गरिएको थियो ।
फाइनल खेलपछि प्रमुख अतिथि पूर्व संचारमन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा खेलको विकासका लागि आफु प्रतिबद्ध भएर लाग्ने बताएका थिए ।
खेलपछि सम्बोधन गर्ने क्रममा उनले मानिसलाई तन्दुरुस्त हुनको लागि खेल जरुरी भएको बताए । उनले लामुसाँगुको खेलमैदानको स्तरउन्नति लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउँदै अब मैदानमा बत्तीको व्यवस्था गरी रात्रिकालिन खेल समेत गराउने जिल्लाकै नमुना खेल मैदान बनाइने पनि बताए । सुनकोशी गाउँपालिकाको प्रमुख संरक्षकत्वको साे प्रतियोगिता आयोजना गरिएको थियो ।